खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने,“पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको हो । करिब २० घण्टापछि मर्मत सकिएको छ । अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।”
विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग आवश्यक समन्वय गरी काम गर्नुपर्नेमा मन्त्री यादवले जोड दिँदै आएका छन् । बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो ।
माण्डु हाइड्रोपावरको पुनःनिर्माण अन्तिम चरणमा
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
देशका अधिकांश भागमा आज मौसम सफा रहने
वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता
भारतबाट औसतमा ५ सय मेगावाट मात्रै आयात, यसरी भइरहेछ सुख्खायाममा लोड व्यवस्थापन
नोट छाप्न राष्ट्र बैंकले छान्यो ६ कम्पनी, दुई वर्षसम्म प्रतिस्पर्धा गर्न सक्ने