बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण सम्पन्न
जलसरोकार
काभ्रेपलाञ्चोक : गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बनेको काभ्रेपलाञ्चोकको धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण सम्पन्न भएको छ। विसं २०८१ असोजमा आएको बाढीपहिरोले आयोजनाको मुहान क्षेत्र, भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुर्याएको थियो।
धुलिखेल नगरपालिकाका कार्यबाहक प्रमुख निराजन जङ्गमका अनुसार पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्र र खारखोलामा बाढीले करिब १५० मिटर मुख्य पाइपलाइन बगाएको थियो। क्षतिका कारण धुलिखेल क्षेत्रमा करिब तीन महिनासम्म खानेपानी आपूर्ति अवरुद्ध भएको थियो।
धुलिखेल खानेपानी आयोजनाको ६० प्रतिशत र जर्मन सहयोग नियोग (जिआईजेड) को ४० प्रतिशत आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको हो। उपभोक्ता समितिका अध्यक्ष कृष्णभूषण खोजुका अनुसार आयोजनाको पुनःनिर्माणमा कुल तीन करोड ५१ लाख रुपैयाँ खर्च भएको छ।
गत वर्ष जेठ २० गतेदेखि सुरु गरिएको पुनःनिर्माण कार्यका लागि जर्मन सरकारबाट एक करोड ४५ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो। जर्मन सरकारले यसअघि पनि सन् १९९२ मा उक्त खानेपानी आयोजना निर्माणमा सहयोग गरेको थियो।
बाढीपहिरोबाट आयोजना क्षतिग्रस्त भएपछि धुलिखेल नगरपालिकाले जर्मन राजदूतावाससँग सहयोगको अनुरोध गरेको थियो। प्राप्त सहयोग रकमबाट आयोजनाको इन्टेक, पाइपलाइन तथा अन्य आवश्यक भौतिक संरचनाको पुनःनिर्माण गरिएको हो।
बाढीले आयोजनामा क्षति पुर्याउँदा धुलिखेल नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ८ का करिब तीन हजार ६ सय परिवार खानेपानी सेवाबाट वञ्चित भएका थिए। तत्कालीन अवस्थामा करिब २० लाख रुपैयाँ खर्च गरेर अस्थायी व्यवस्था गरी खानेपानी आपूर्ति सञ्चालन गरिएको थियो।
पुनःनिर्माण सम्पन्न भएसँगै प्रभावित क्षेत्रका उपभोक्ताले नियमित र भरपर्दो खानेपानी सेवा पुनः प्राप्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो