काठमाडौं–१ बाट रञ्जु दर्शना विजयी, ९ हजारभन्दा बढी मतान्तर
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट रञ्जु दर्शना न्यौपाने विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार न्यौपानेले १५ हजार ४५५ मत प्राप्त गर्दै जीत हासिल गरेकीछन् ।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार न्यौपानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार प्रवल थापा क्षेत्री लाई ९ हजार ९१ मतान्तरले पछि पारेकीहुन् । थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा कुल २९ हजार ७७४ मत खसेको थियो । त्यसमध्ये २९ हजार ८२ मत सदर र ६९२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
न्यौपानेको राजनीतिक पृष्ठभूमि
३० वर्षीया रञ्जु दर्शना न्यौपाने वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्दै राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । निर्वाचनअघि उहाँ विवेकशील साझा पार्टी बाट राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उहाँ २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार बन्नुभएको थियो । उहाँ विवेकशील साझा पार्टी की पूर्वमहासचिवसमेत रहेकीथिइन् ।
न्यौपानेले राजनीतिशास्त्र तथा परामर्श मनोविज्ञानमा स्नातकोत्तर अध्ययन गरेकीछन् । साथै उनीले Thames International College मा अध्यापन गरेकाे अनुभव रहेको छ भने Nicholson International College मा अतिथि प्राध्यापकका रूपमा पनि कार्य गरेकीछन् ।
महिला हिंसाविरुद्ध स्पष्ट र सशक्त आवाज उठाउँदै आउनुभएकी न्यौपाने सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको पक्षमा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित हुन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो