कोशी, मधेश, बागमती र गण्डकीमा पानी पर्ने
जलसरोकार
काठमाडौं : देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान प्रकाशन गरेको बुलेटिनअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ ।
राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अनुमान छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मधेशका अधिकांश पुल निर्माण अलपत्र
-
मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
-
नारायणी नदीको सिग्नेचर ब्रिजको निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
कालीगण्डकी टारलाई बहुउद्देश्य आधुनिक औद्योगिक सहरका रूपमा विकास गर्ने प्रस्तावमा मन्त्री घिसिङको चासो
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता