कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी पर्ने


काठमाडौं आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसमसम्बन्धी बुलेटिनमा छ।
त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल, व्यवसाय पुनःस्थापनाका लागि कोष खडा हुने
-
विद्युत् प्राधिकरणमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन
-
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी
-
असोज महिनामा वाणिज्य बैंकहरूले घटाए ब्याजदर
-
सुन–चाँदीको मूल्य फेरि उचालिँदै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
-
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात