देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भई धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । स्थानीय वायु प्रणालीसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले तराईदेखि पहाड हुँदै हिमाली भूभागसम्म वर्षाको प्रभाव देखिन सक्ने महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार तराईका भैरहवा, सिमरा, जनकपुर र विराटनगरलगायत सहरमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यी क्षेत्रमा रातिको समयमा पनि वर्षा जारी रहने अनुमान गरिएको छ । साथै अधिकतम तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसको आसपास रहने महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा पनि आज दिनभर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । यहाँ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस र रातिको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ ।
पूर्वी पहाडी क्षेत्रका धनकुटा, जिरी, ताप्लेजुङ र ओखलढुङ्गामा पनि मौसम बदली भई वर्षाको सम्भावना रहेको छ । विशेषगरी बेलुका र रातिको समयमा यी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यस्तै पोखरा, जोमसोम र जुम्ला आसपासका क्षेत्रमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी भूभाग धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगर क्षेत्रमा भने दिउँसो हल्का वर्षा भए पनि रातिको समयमा आंशिक बदली रहने र वर्षाको सम्भावना तुलनात्मक रूपमा कम रहने अनुमान गरिएको छ ।
मौसमविद् सरोज पुढासैनीका अनुसार हाल देशभर स्थानीय वायु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण मौसम अस्थिर बनेको हो । यसै कारण मेघगर्जन, चट्याङ र वर्षाको अवस्था सिर्जना भएको उनले बताए ।
महाशाखाले मेघगर्जन र चट्याङको जोखिम उच्च रहेकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी खुला स्थानमा नबस्न, सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट जोगिन अनुरोध गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अवरुद्ध हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्डकाे काम अघि बढ्यो
-
बालकुमारी जीआईएस सबस्टेशनका लागि जग्गा प्रक्रिया टुंगियो, चार वर्षदेखि रोकिएको आयोजना अघि बढ्ने
-
नेप्से २६ अंकले घट्यो, कारोबार रकम भने ६ अर्ब नाघ्यो
-
आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने अनुमान, विद्युत क्षेत्रको उल्लेख्य योगदान
-
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
-
अर्बौं रुपैयाँ बक्यौता नउठाउने ऊर्जामन्त्री र प्राधिकरणमाथि कर्मचारीले उठाए प्रश्न