२४ घण्टाको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : आगामी २४ घण्टामा देशका विभिन्न प्रदेशमा आंशिकदेखि साधारण बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहने छ भने बाँकी तराई भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। यस अवधिमा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। सो अवधिमा यी प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान छ।
मौसमी विश्लेषण
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविद्हरूले जनाएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा