देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान
जलसरोकार
काठमाडौँ: बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका विभिन्न स्थानमा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहने र सबै प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा पर्ने अनुमान गरिएको छ ।
भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव तथा नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता