देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
लुम्बिनीका केही जिल्लामा गर्मीको असर कायमै, सतर्कता अपनाउन आग्रह
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बुधबारका लागि जारी गरेको चेतावनीअनुसार देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका केही जिल्लामा गर्मीको प्रभाव अझै कायम रहने देखिएको छ।
महाशाखाले बुधबार (जेठ २८ गते) का लागि जारी गरेको नक्शाअनुसार देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।
नक्साअनुसार पश्चिम तराईका केही जिल्लामा उच्च तापक्रमको प्रभाव कायम रहने देखिएको छ। लुम्बिनी प्रदेशका बाँके, बर्दिया आसपासका क्षेत्रमा ‘सतर्क रहनु’ स्तरको तातो मौसमको चेतावनी जारी गरिएको छ भने दाङ, कपिलवस्तु, रुपन्देही तथा आसपासका क्षेत्रमा ‘अद्यावधिक भइरहनु’ स्तरको गर्मीसम्बन्धी सचेतना दिइएको छ।
मौसमविद्हरूका अनुसार मनसुन प्रणाली क्रमशः सक्रिय बन्दै गएकाले देशका विभिन्न क्षेत्रमा वर्षा फैलिने सम्भावना बढेको हो। विशेषगरी पहाडी भूभागमा चट्याङ, हावाहुरी तथा क्षणिक भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि औंल्याइएको छ। यस्तै केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने अनुमान महाशाखाको छ।
महाशाखाले कृषक, यात्रु, सडक तथा हवाई यातायात प्रयोगकर्ता र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई मौसमको नियमित अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता