कोशीमा वर्षा, तराईमा तातो लहरको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको अवस्था कायम रहने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार हाल कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ। यसका कारण देशका हिमाली तथा पहाडी क्षेत्रका अधिकांश स्थानमा बादल लाग्ने र केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ।
आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेशसहित अन्य प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि अत्यधिक गर्मी अर्थात् तातो दिन रहने अनुमान गरिएको छ।
मौसमविद्हरूले वर्षा, चट्याङ्ग तथा सम्भावित तातो लहरबाट जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता