शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
जलसरोकार
काठमाडौं: अरब सागरबाट उत्पन्न ‘मोन्था’ चक्रवातको प्रभावका कारण शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा र अन्य प्रदेशमा मध्यम वर्षा हुने सम्भावना छ । शनिबार बिहानदेखि मात्र देशभर मौसम क्रमशः सुधार हुने अपेक्षा गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी २४ घण्टाभित्र काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा हुने सम्भावना छ । तर, सबै स्थानमा निरन्तर वर्षा नहुने उनको भनाइ छ ।
यस्तै, कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
महाशाखाले यात्रु र उच्च हिमाली क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गर्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने