देशभर वर्षा र चट्याङको सम्भावना, तराईका केही क्षेत्रमा गर्मीको चेतावनी
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशका अधिकांश भू-भागमा वर्षा, मेघगर्जन तथा चट्याङको सम्भावना रहेको जनाएको छ।
महाशाखाले सार्वजनिक गरेको चेतावनी नक्साअनुसार विशेषगरी मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र ‘सतर्क रहनुपर्ने’ अवस्थामा रहेका छन् भने बाँकी अधिकांश भू-भाग हरियो क्षेत्र (चेतावनी नभएको) मा रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने संकेत गरिएको छ। केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।
आजको चेतावनी नक्सामा तराईका केही जिल्लामा तातो हावा (Heat Wave) को संकेतसमेत देखाइएको छ। विशेषगरी मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका दक्षिणी भू-भागमा अत्यधिक गर्मी कायम रहने सम्भावना रहेकाले दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाले आग्रह गरेको छ।
मौसमविद्हरूका अनुसार प्रि-मनसुन प्रणाली सक्रिय भइरहेका कारण देशका विभिन्न क्षेत्रमा अपराह्नपछि मौसम बदली भई चट्याङसहित पानी पर्ने क्रम आगामी केही दिन जारी रहन सक्छ। वर्षा हुने क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा सहरी डुबानको जोखिमसमेत रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता