देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना, सतर्कता अपनाउन सुझाव
जलसरोकार
काठमाडौं: आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने उनीहरुको सुझाव छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । त्यसको प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना छ ।
मौसमविद बिनु महर्जनका अनुसार वैशाख ४ गते विहीबार कोशी प्रदेशका एक–दुई ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यसैगरी हिमाली क्षेत्रका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ ।
वैशाख ५ गते शुक्रबारको दिन कोशी र बागमती प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने पूर्वानुमान छ ।
मधेश, गण्डकी र लुम्बिनी प्रदेश भरी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ ।
अहिले मसुरो र गहुँ काट्ने बेला भएकाले पानी पर्ने सम्भावना भएका ठाउँहरुमा अहिले बाली नकाट्न पनि मौसमविदले सुझाव दिएका छन् ।
‘देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् हरिप्रसाद दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा