देशभर वर्षा, कोशी–कर्णालीका पहाडी भागमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल पूर्वतर्फ सरदर स्थानमा र पश्चिमतर्फ सरदरभन्दा दक्षिणतिर अवस्थित छ भने सिक्किम आसपासमा बनेको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको छ ।
यसको प्रभावस्वरूप आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । पहाडी भागका केही स्थान र अन्य भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
यस्तै, आज राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने तथा कोशी प्रदेशका तराई भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा