अति भारी वर्षाका कारण भोलि र पर्सी सार्वजनिक बिदा
जलसरोकार
काठमाडौं : वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुवान, भूक्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गरी भोलि र पर्सी (असोज १९ र २० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी उकत अवधिभर अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग मन्त्रालयले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारतीदेखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली