प्रि–मनसुनका दिन सुरु : देशभर गर्मी बढ्दै
जलसरोकार
काठमाडौं: प्रि–मनसुनका दिन सुरु भएकाले अब देशभर गर्मी बढ्दै जाने छ । प्रि–मनसुन अर्थात् मनसुन सुरु हुनुभन्दा अघिका दिन १ मार्च (१७ फागुन)देखि सुरु हुन्छ ।
मार्च, अप्रिल र मे तीन महिनालाई प्रि–मनसुन अवधि भनिन्छ । यो अवधिमा गर्मी बढ्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने लगायतका मौसमी गतिविधि हुन्छन् ।
गत वर्ष अत्यधिक गर्मी र तराईका जिल्लाहरुमा तातो हावाको लहर चल्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।
नेपालमा गत वर्ष एप्रिल २० मा भैरहवामा सबैभन्दा बढी गर्मी मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो ।
नेपालको हालसम्मकै उच्च तापक्रम भने ४६.४ डिग्री सेल्सियस हो । यो तापक्रम सन् १९९५ को जुन १६ मा धनगढीमा रेकर्ड भएको थियो ।
अहिले भने नेपालभर उल्लेख्य मौसमी प्रणाली केही पनि छैन । त्यसैले अहिले घाम मात्र लागिरहेको छ । यो घाम आगामी दिनमा अझै चर्को हुनेछ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विराटनगर र जनकपुरमा सबैभन्दा बढी गर्मी हुने सम्भावना छ ।
विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो