प्रि–मनसुनका दिन सुरु : देशभर गर्मी बढ्दै


काठमाडौं: प्रि–मनसुनका दिन सुरु भएकाले अब देशभर गर्मी बढ्दै जाने छ । प्रि–मनसुन अर्थात् मनसुन सुरु हुनुभन्दा अघिका दिन १ मार्च (१७ फागुन)देखि सुरु हुन्छ ।
मार्च, अप्रिल र मे तीन महिनालाई प्रि–मनसुन अवधि भनिन्छ । यो अवधिमा गर्मी बढ्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने लगायतका मौसमी गतिविधि हुन्छन् ।
गत वर्ष अत्यधिक गर्मी र तराईका जिल्लाहरुमा तातो हावाको लहर चल्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।
नेपालमा गत वर्ष एप्रिल २० मा भैरहवामा सबैभन्दा बढी गर्मी मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो ।
नेपालको हालसम्मकै उच्च तापक्रम भने ४६.४ डिग्री सेल्सियस हो । यो तापक्रम सन् १९९५ को जुन १६ मा धनगढीमा रेकर्ड भएको थियो ।
अहिले भने नेपालभर उल्लेख्य मौसमी प्रणाली केही पनि छैन । त्यसैले अहिले घाम मात्र लागिरहेको छ । यो घाम आगामी दिनमा अझै चर्को हुनेछ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विराटनगर र जनकपुरमा सबैभन्दा बढी गर्मी हुने सम्भावना छ ।
विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल, व्यवसाय पुनःस्थापनाका लागि कोष खडा हुने
-
विद्युत् प्राधिकरणमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन
-
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी
-
असोज महिनामा वाणिज्य बैंकहरूले घटाए ब्याजदर
-
सुन–चाँदीको मूल्य फेरि उचालिँदै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
-
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात