देशका पहाडी भू–भागमा वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा हिमपातको पूर्वानुमान
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश पहाडी भू-भागमा बादल लाग्ने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
विभागद्वारा जारी मौसम पूर्वानुमानअनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा सामान्य बदली रहनेछ। तराईका अधिकांश भागमा भने आंशिक बदली रहने विभागले जनाएको छ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना पनि देखिएको विभागले जनाएको छ।
मौसमी विश्लेषणका अनुसार, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानमा हाल पश्चिमी वायूको प्रभाव देखिएको छ भने बाँकी भू–भागमा कमजोर मनसुनी वायूको प्रभाव कायम रहेको विभागले स्पष्ट पारेको छ।
विभागले किसान, यात्री र दुर्गम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा