देशका पहाडी भू–भागमा वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा हिमपातको पूर्वानुमान
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश पहाडी भू-भागमा बादल लाग्ने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
विभागद्वारा जारी मौसम पूर्वानुमानअनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा सामान्य बदली रहनेछ। तराईका अधिकांश भागमा भने आंशिक बदली रहने विभागले जनाएको छ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना पनि देखिएको विभागले जनाएको छ।
मौसमी विश्लेषणका अनुसार, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानमा हाल पश्चिमी वायूको प्रभाव देखिएको छ भने बाँकी भू–भागमा कमजोर मनसुनी वायूको प्रभाव कायम रहेको विभागले स्पष्ट पारेको छ।
विभागले किसान, यात्री र दुर्गम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली
-
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
-
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
-
तिला जलविद्युत्काे बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने