सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

तराईमा हुस्सु/कुहिरोको सम्भावना, पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली

जलसरोकार
मंगलबार, माघ ०६, २०८२ | ०८:३६:१८ बजे

 

काठमाडौँ : आगामी २४ घण्टामा तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल देखिने सम्भावना रहे पनि अन्य स्थानमा मौसम प्रायः सफा रहनेछ ।

त्यसैगरी आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु कायम रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् ।

प्रकाशित मिति : मंगलबार, माघ ०६, २०८२ | ०८:३६:१८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया