सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना

जलसरोकार
मंगलबार, कात्तिक १८, २०८२ | ०७:४२:३० बजे

काठमाडौं :  पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश पहाडी भू-भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा पर्ने सम्भावना रहेको छ।

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका पश्चिमी तथा मध्य भागमा बदली र वर्षाको सम्भावना देखिएको हो।

पश्चिमी वायु भन्नाले अरब सागर र भूमध्यसागर क्षेत्रबाट सुरु भएर भारत हुँदै नेपाल आउने पश्चिमी दिशाबाट प्रवाहित वायुप्रणाली लाई जनाइन्छ। यो विशेषगरी शरद, हिउँद र वसन्त ऋतु (अक्टोबरदेखि अप्रिल) बीच सक्रिय हुन्छ। यसले जाडो बढाउने र तापक्रम घटाउने काम गर्छ।

प्रकाशित मिति : मंगलबार, कात्तिक १८, २०८२ | ०७:४२:३० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया