पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश पहाडी भू-भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा पर्ने सम्भावना रहेको छ।
आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका पश्चिमी तथा मध्य भागमा बदली र वर्षाको सम्भावना देखिएको हो।
पश्चिमी वायु भन्नाले अरब सागर र भूमध्यसागर क्षेत्रबाट सुरु भएर भारत हुँदै नेपाल आउने पश्चिमी दिशाबाट प्रवाहित वायुप्रणाली लाई जनाइन्छ। यो विशेषगरी शरद, हिउँद र वसन्त ऋतु (अक्टोबरदेखि अप्रिल) बीच सक्रिय हुन्छ। यसले जाडो बढाउने र तापक्रम घटाउने काम गर्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग