वायुको वेग हिजोको तुलनामा आज धेरै, घट्यो प्रदूषण
जलसरोकार
काठमाडौं ः काठमाडौं उपत्यकामा हिजो, अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग हिजोको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो ।
हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने हिजोको भन्दा घटेको छ ।
हिजो ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ ।
वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता