आज देशभर आंशिकदेखि साधारणतया बदली, विभिन्न स्थानहरूमा वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ : मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात पनि हुन सक्ने मौसमविद्हरूले जनाएका छन्।
रातिको समय पनि देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना कायमै रहेको छ।
मौसमविद्हरूले भारी वर्षा हुने स्थानहरूमा बाढी, पहिरो र डुवानको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता