कोशीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार पुष ०८ गते मंगलबार बिहान ८ बजेदेखि लागू हुने पूर्वानुमानअनुसार कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज दिउँसो र राति दुवै समयमा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने र अन्य प्रदेशमा मौसम खुला रहने महाशाखाले जनाएको छ । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको बताइएको छ ।
मौसम मुख्यतया सफा रहने भएकाले दैनिक जनजीवन, यातायात र हवाई सेवामा खासै अवरोध नआउने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशतले वृद्धि
-
किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत
-
बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी
-
कोशीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान
-
सुनकोशी-मरिण आयोजनाका ठेकेदार पटेल-रमण जेभीको करिब १ करोड बढी विद्युत् महसुल बक्यौता तिर्न बाँकी, काटियो लाइन