सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी वायूको प्रभावले पहाडी भू–भाग आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

जलसरोकार
सोमबार, मंसिर २२, २०८२ | ०९:१६:५१ बजे

 

काठमाडौँ: हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । यसको असरले आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

मौसममा देखिन सक्ने अचानक परिवर्तका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा, यात्रु र कृषकलाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ | ०९:१६:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया