पश्चिमी वायूको प्रभावले पहाडी भू–भाग आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ: हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । यसको असरले आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।
आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
मौसममा देखिन सक्ने अचानक परिवर्तका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा, यात्रु र कृषकलाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा