सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की सिक्टा सिँचाइ नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर मुख्यतया सफा मौसम, पहाडी भू-भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

जलसरोकार
आइतबार, कात्तिक ०९, २०८२ | ०६:१३:१७ बजे

काठमाडौं : आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा (आकाश प्रायः सफा, तर कतैकतै हल्का बादल हुन सक्ने) रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

मौसम विश्लेषणका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले सामान्य मौसमी अवस्था कायम रहेको छ।

प्रकाशित मिति : आइतबार, कात्तिक ०९, २०८२ | ०६:१३:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया