आंशिक बदली र तुवाँलोको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ, : जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहने, हिमाली भागमा सामान्यतया बदली रहने तथा पहाडी भागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा र अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराईका केही स्थानमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा मधेस प्रदेश र अन्य पहाडी भागमा आंशिक बदली रहने जनाइएको छ। देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकाले यातायात सञ्चालन, कृषिकर्म र दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने