देशभर आंशिक बदली रहने, पश्चिमी वायुको आंशिक प्रभाव
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर मौसम सामान्यतया आंशिक बदली रहने जनाएको छ ।
महाशाखाका अनुसार २०८२ पुष ०७ गते सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ । आज राति भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । मौसम प्रणालीको प्रभाव कमजोर रहेकाले ठूला मौसमी गतिविधि हुने सम्भावना नरहेको विभागको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता