सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर आंशिक बदली, तराई र उपत्यकामा हुस्सु/कुहिरो

जलसरोकार
शनिबार, पुस ०५, २०८२ | १०:१७:०० बजे

 

काठमाडौँ : कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिए पनि देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराई र उपत्यकाका केही स्थानमा भने हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : शनिबार, पुस ०५, २०८२ | १०:१७:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया