आगामी २४ घण्टामा देशभर आंशिक बदली, तराईमा हुस्सु/कुहिरोको सम्भावना
जलसरोकार
काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभर आंशिक बदली रहने छ । तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाले २०८२ पुस ६ गते (आइतबार) बिहान ८:०० बजे जारी गरेको पूर्वानुमानअनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । यस अवधिमा विशेषगरी तराई क्षेत्रमा हुस्सु तथा कुहिरो देखिन सक्ने जनाइएको छ ।
यस्तै आज राति पनि देशभर आंशिक बदलीकै अवस्था कायम रहने छ । तराई भू–भागमा पुनः हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसममा उल्लेखनीय परिवर्तन नदेखिने तर बिहान–बेलुकीको समयमा दृश्यता कम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता