सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आगामी २४ घण्टामा देशभर आंशिक बदली, तराईमा हुस्सु/कुहिरोको सम्भावना

जलसरोकार
आइतबार, पुस ०६, २०८२ | ०९:२७:२१ बजे

 

काठमाडौँ  : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभर आंशिक बदली रहने छ । तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

महाशाखाले २०८२ पुस ६ गते (आइतबार) बिहान ८:०० बजे जारी गरेको पूर्वानुमानअनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । यस अवधिमा विशेषगरी तराई क्षेत्रमा हुस्सु तथा कुहिरो देखिन सक्ने जनाइएको छ ।

यस्तै आज राति पनि देशभर आंशिक बदलीकै अवस्था कायम रहने छ । तराई भू–भागमा पुनः हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसममा उल्लेखनीय परिवर्तन नदेखिने तर बिहान–बेलुकीको समयमा दृश्यता कम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : आइतबार, पुस ०६, २०८२ | ०९:२७:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया