देशभर आंशिक बदली, कोशी र बागमतीका पहाडमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित भएकाले देशभर मौसम आंशिकदेखि साधारण बदली हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने संभावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी प्रदेशका पहाड र तराईका एक–दुई स्थानमा समेत भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता