देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने


काठमाडौँ: हाल देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल, व्यवसाय पुनःस्थापनाका लागि कोष खडा हुने
-
विद्युत् प्राधिकरणमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गर्न ऊर्जामन्त्री घिसिङको निर्देशन
-
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी
-
असोज महिनामा वाणिज्य बैंकहरूले घटाए ब्याजदर
-
सुन–चाँदीको मूल्य फेरि उचालिँदै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
-
कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात