पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ, : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाले हुस्सु, तुवाँलो, वर्षा र हिमपातको पूर्वानुमान गरिएका क्षेत्रमा सतर्कता अपनाउन, विशेषगरी यातायात सञ्चालन तथा दैनिक गतिविधिमा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
९५ प्रतिशत सम्पन्न नुप्चे लिखु: अन्तिम चरणमै किन हुन्छ सबैभन्दा ठूलो परीक्षा?
-
चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, आज ८.७८ अंकले बढ्यो
-
चालु वर्षको चैतसम्म अप्पर सोलु हाइड्रोको नाफा २१ करोड १० लाख रुपैयाँभन्दा बढी
-
सामलिङ पावरको खर्च र प्राकृतिक विपत्तिको असरले नाफामा दबाब
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर मादी हाइड्रोपावरको चैत मसान्तसम्ममा २४ करोड ४१ लाख नाफा