पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरोको सम्भावना
जलसरोकार
काठमाडौँ : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र अन्य भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुन सक्ने, तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध आउन सक्ने जनाएको छ । साथै, लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता