सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरोको सम्भावना

जलसरोकार
बुधबार, माघ ०७, २०८२ | १०:०६:२१ बजे

 

काठमाडौँ : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र अन्य भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुन सक्ने, तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध आउन सक्ने जनाएको छ । साथै, लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : बुधबार, माघ ०७, २०८२ | १०:०६:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया