पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली
जलसरोकार
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशको मौसम आंशिक बदली रहेको छ ।
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक–दुई स्थानमा कुहिरो लागेको छ भने बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ। यसका कारण बिहानको समयमा भिजिबिलिटी घट्न गई सवारीसाधन चालकमाथि विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदलीको अवस्था रहनेछ भने तापक्रम सामान्यभन्दा केही घटबढ हुन सक्ने अनुमान गरिएको छ ।
आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। त्यस्तै, गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
महाशाखाले सम्भावित वर्षा, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना