सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली

जलसरोकार
आइतबार, मंसिर २१, २०८२ | ०९:२०:३८ बजे

 

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले सबै प्रदेशको मौसम आंशिक बदली रहेको छ ।

कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक–दुई स्थानमा कुहिरो लागेको छ भने बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ। यसका कारण बिहानको समयमा भिजिबिलिटी घट्न गई सवारीसाधन चालकमाथि विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदलीको अवस्था रहनेछ भने तापक्रम सामान्यभन्दा केही घटबढ हुन सक्ने अनुमान गरिएको छ ।

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। त्यस्तै, गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले सम्भावित वर्षा, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : आइतबार, मंसिर २१, २०८२ | ०९:२०:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया