पश्चिमी वायुको आंशिक प्रभाव : देशका केही स्थानमा बदली, उच्च भेगमा हल्का वर्षा/हिमपातको सम्भावना
जलसरोकार
काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।
हाल तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहनेछ भने लुम्बिनीसहित सुदूरपश्चिम प्रदेशका तराई तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि तराईका केही स्थानमा तुवाँलो रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य स्थानमा मुख्यतया मौसम सफा रहने जनाइएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाले तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने तथा उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता