पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं, : हाल देशमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले आगामी २४ घण्टामा पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारण बदली भई केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज शुक्रबार बिहान ८:०० बजे जारी पूर्वानुमान अनुसार दिउँसो तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु देखिनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानहरूमा तुँवालो लाग्ने सम्भावना छ। देशका हिमाली भू-भागमा साधारण बदली, पहाडी भू-भागमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले वर्षा तथा हिमपात हुन सक्ने क्षेत्रमा सतर्कता अपनाउन तथा हिमाली क्षेत्रमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो