स्थानीय वायुको आंशिक प्रभाव : कोशी, मधेश, बागमती र गण्डकीमा वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव नेपालमा सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने देखिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, बाँकी प्रदेशका पहाडी भूभाग र तराईका एक–दुई स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
कोशी र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा भने भारी वर्षा पर्ने सम्भावना रहेको चेतावनी महाशाखाले दिएको छ ।
साँझतिर र राति देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा