चक्रवात ‘मोन्था’को आंशिक प्रभावः पहाडी र हिमाली भू-भागमा मध्यम वर्षा र हिमपातको पूर्वानुमान
जलसरोकार
काठमाडौँ : आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेकाे बुलेटिनअनुसार आज राति देशभर साधारणतया बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। बाँकी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ।
भोलि दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ। ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा समेत वर्षा हुने पूर्वानुमान छ। त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम हिमपात हुन सक्ने विभागले जनाएको छ।
मौसमी विश्लेषणअनुसार हाल देशमा पश्चिमी वायुको प्रभावका साथै अरव सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ।
विभागले आगामी केही दिन पहाडी तथा हिमाली क्षेत्रमा यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता