पश्चिमी वायूको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी भू–भागमा आंशिक बदली
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमानअनुसार आगामी २४ घण्टामा देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ । बिहीबार बिहान ८ः०० बजे जारी विवरणअनुसार आज दिउँसो देशका तराई भू–भागमा हुस्सु तथा कुहिरो रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
आज राति पनि तराई भू–भागमा हुस्सु कायम रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
मौसमविद्हरूले तराई क्षेत्रमा हुस्सुका कारण दैनिक जनजीवन, यातायात तथा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता