पश्चिमी वायूको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी भू–भागमा आंशिक बदली
जलसरोकार
काठमाडौं : मौसम पूर्वानुमानअनुसार आगामी २४ घण्टामा देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ । बिहीबार बिहान ८ः०० बजे जारी विवरणअनुसार आज दिउँसो देशका तराई भू–भागमा हुस्सु तथा कुहिरो रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
आज राति पनि तराई भू–भागमा हुस्सु कायम रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
मौसमविद्हरूले तराई क्षेत्रमा हुस्सुका कारण दैनिक जनजीवन, यातायात तथा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मेला, महोत्सवले आर्थिक र पर्यटन विकासमा योगदान पुर्याउँछ :अध्यक्ष ढकाल
-
पश्चिमी वायूको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी भू–भागमा आंशिक बदली
-
ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँच बढाउने समझदारी
-
१०० दिनमा १०१ काम : ऊर्जा, सडक र शहरमा कुलमान घिसिङको आक्रामक हस्तक्षेप
-
जेन-जी आन्दोलनको सुशासन एजेन्डा कार्यान्वयनमा, सय दिनमै १०१ प्रमुख काम सम्पन्न : मन्त्री कुलमान घिसिङ
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा ७२ अर्ब २८ करोडको पेट्रोलियम आयात, राजस्वमा ६.४२ प्रतिशत वृद्धि