पश्चिमी वायूको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी भू–भागमा बदली
जलसरोकार
काठमाडौँ : देशभर आगामी २४ घण्टामा पश्चिमी वायूको आंशिक प्रभाव कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
भोलि दिउँसो पनि तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने देखिएको छ । कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा बिहान केही समय कुहिरो लाग्ने सम्भावना रहेको छ भने बाँकी तराई भू–भागमा मध्यान्नसम्म कुहिरो रहन सक्ने अनुमान गरिएको छ ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, यातायात र हवाई उडानमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीमा शीतलहर र बाक्लो कुहिरोले जनजीवन प्रभावित
-
सुपर त्रिशूली (१०० मेगावाट) जलविद्युत् आयोजना तीव्र गतिमा अगाडि, कंक्रिटिङ १ लाख ३१ हजार घनमिटर नाघ्यो
-
सुन–चाँदीको भाउ पुनः बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने, भूउपयोग नियमावली संशोधन
-
कोरला नाकाबाट दुई हजारभन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिए
-
पश्चिमी वायूको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी भू–भागमा बदली