पश्चिमी वायूको आंशिक प्रभावः तराईमा हुस्सु, पहाडी भू–भागमा बदली
जलसरोकार
काठमाडौँ : देशभर आगामी २४ घण्टामा पश्चिमी वायूको आंशिक प्रभाव कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
भोलि दिउँसो पनि तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने देखिएको छ । कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा बिहान केही समय कुहिरो लाग्ने सम्भावना रहेको छ भने बाँकी तराई भू–भागमा मध्यान्नसम्म कुहिरो रहन सक्ने अनुमान गरिएको छ ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, यातायात र हवाई उडानमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता