देशभर बदली, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा बदलीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी प्रदेशका हिमाली, पहाडी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
आज रातिसमेत देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
६० अर्ब रुपैयाँ निक्षेपमा तान्दै राष्ट्र बैंक
-
सुन र चाँदीको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
किसानका सुझाव लिएर सिक्टा सिँचाइको बाँकी काम अघि बढाउँदै आयोजना
-
चिलिमे उद्धार टोली १५० मिटरभित्र पुगेको श्रीराम न्यौपानेको भनाइ
-
असोजमा पनि घट्यो बैंकको निक्षेप ब्याजदर, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
-
देशभर बदली, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना