‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित
जलसरोकार
बागलुङ: जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ । गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो । वर्षौँदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय हाल आँगनमै धारामा पानी आउपछि दङ्ग छन् ।
भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । यहाँ नेवाको रु १३ लाख ३० हजार एक सय १३, गाउँपालिकाको रु सात लाख सात सय ७७ र जनश्रमदान रु आठ लाख छ हजार तीन सय ७१ गरी कूल रु २८ लाख ३७ हजार दुई सय ६१ मा ५५ धारा निर्माण गरिएका छन् । भल्कोट गाउँमा चार हजार नौ सय १५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी घरघरमा पु¥याइएको हो ।
नेवा बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी आउन थालेको छ । यस्तै, बुढाथोकमा नेवाको रु ११ लाख ५५ हजार १५, गाउँपालिकाको रु छ लाख ६४ हजार नौ सय ५५ र जनश्रमदान रु छ लाख ५७ हजार नौ सय आठ गरी कूल रु २४ लाख ७७ हजार आठ सय ७८ मा ३९ धारा निर्माण गरिएको उनले जानकारी दिए ।
यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेको मुहानबाट पाइपमार्फत घरघरमा पानी पु¥याएको छ । गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयका मागपछि पालिकासँगको सहकार्यमा धारा निर्माण गरिएको कोइरालाले बताए ।
घर–घरमा पानी आएपछि स्थानीय हर्षित भएका छन् । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुँदै आएकामा आयोजनाको संरचना जीर्ण भएपछि नियमित आपूर्तिमा समस्या रहेको स्थानीय रामकुमारी बुढा मगरले बताए । स्थानीयलाई खान, स्नान र कपडा धुनका लागि निकै समस्या हुने गरेको उनको भनाइ छ । अब घरमै धारा बनेपछि समस्या समाधान हुने विश्वाससहित उनले भने,“गाउँमा धेरै वर्ष अगाडि बनेका थोरै धारा थिए, ती धाराबाट पानी थाप्न समस्या छ । सानो पानी आउने, धेरैले एकैपटक पानी भर्न खोज्दा लाइनमा बस्नुपर्र्ने, सरसफाइ गर्न र वस्तुभाउलाई पानी खुवाउनका लागि गाह्रो थियो । अब त घरमै धारो बन्यो, पहिलेको जस्तो समस्या हुँदैन कि भन्ने अपेक्षा गरेका छौँ ।”
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले सबै नागरिकलाई घर–घरमा स्वच्छ खानेपानीको सुविधा दिने गरी काम गरिएको बताए । अधिकांश गाउँ बस्तीमा ‘एक घर, एक धारा’ निर्माण भएर सञ्चालनमा आएको र बाँकी बस्तीमा पनि गाउँपालिकाले विभिन्न संस्थासँग सहकार्य गरेर पानी पु¥याउने काम गरिरहेको उनले बताए । “एक दशक अगाडिसम्म धेरै गाउँमा सार्वजनिक धारोबाटै पानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
थर्कबहादुरले ऊर्जामन्त्रीलाई थाङ्नामा सुताए
-
आयातको बाढी, निर्यातको सुस्त गति : १७ खर्ब ८१ अर्बको व्यापार घाटाले अर्थतन्त्रमा दबाब
-
तनहुँका भूमि प्रशासन र नापी सेवामा सुधार गर्न सांसद न्यौपानेको माग
-
अर्थमन्त्री वाग्लेबाट आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य पूरा गर्न निर्देशन
-
नेप्से १४.१७ अंकले बढ्यो, कारोबार रकम घटेर ४ अर्ब ६९ करोडमा सीमित
-
खुला प्रतिस्पर्धाबाट फेरि अध्यक्ष बने डा. धिताल, विद्युत् नियमन आयोगमा पुरानै नेतृत्वको पुनरागमन