करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जलसरोकार
लमजुङ – लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका(४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार गुरुङ शनिबार राति साथीसहित किसेदि खोलामा माछा मार्न गएका थिए । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चापाइले बताए ।
प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराले मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घट्नास्थल पुगेको थियो । लमजुङ अस्पताल बेँसीशहरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइसकिको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य