करेन्ट लागेर धनुषामा एकको मृत्यु
जलसरोकार
जनकपुर–धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । आज बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।
महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्