अब बालुवाटार र नक्सालमा पनि मेलम्चीको खानेपानी


काठमाडौं: काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी परियोजनाअन्तर्गत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभटेनी पूर्व लगायत क्षेत्रहरूमा चाँडै शुद्ध मेलम्चीको पानी आपूर्ति सुरु गरिने भएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवका अनुसार वितरणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेको र अब केही दिनमै सो क्षेत्रका बासिन्दालाई मेलम्चीको पानी वितरण गरिनेछ ।
पाइपलाइन बिछ्याउने कार्य सम्पन्न
खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (एक्ष्म्) द्वारा आज बालुवाटार क्षेत्रको अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री यादवले भने,
“प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची आपूर्ति प्रणाली अन्तर्गत बिछ्याइएको प्राइमरी पाइपलाइन सफलतापूर्वक सम्पन्न गरिएको छ। अब चाँडै मेलम्चीको खानेपानी वितरण गर्छौं ।”
अब ‘प्रेसर टेस्ट’ पछि वितरण सुरू
आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख लक्ष्मी उपाध्यायका अनुसार हाल पाइपलाइनको दबाब परीक्षण (प्रेसर टेस्ट) गर्ने अन्तिम तयारी भइरहेको छ । यो परीक्षण सफल भएपछिमात्र औपचारिकरूपमा पानी वितरण सुरू गरिनेछ।
प्रेसर टेस्ट सम्पन्न भएपछि पानी वितरण हुने क्षेत्रहरू , बालुवाटार, नक्साल (भाटभटेनी पूर्व), टुडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम, सुवर्णशम्शेर मार्ग
३,५०० घरधुरी लाभान्वित हुने
आयोजनाका प्रबन्धक अमित रञ्जितका अनुसार मेलम्ची परियोजनाको यो चरणले करिब ३ हजार ५०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । दीर्घकालीन रूपमा उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउने लक्ष्यसहित पाइपलाइन बिछ्याइएको हो ।
वर्षौंको प्रतीक्षा अब अन्त्यतिर
मेलम्ची खानेपानी आयोजना लामो समयदेखि राजनीतिक, भौगोलिक र प्रशासनिक चुनौतीले प्रभावित हुँदै आएको हो। हाल वर्षौंको प्रतीक्षापछि बिस्तारै यसले उपत्यकाका बासिन्दालाई राहत दिन थालेको छ। तर, काठमाडौंका अरु थुप्रै क्षेत्रमा अझैसम्म मेलम्चीको पानी नपुगेको गुनासो यथावत् छ ।
सरकारले आगामी दिनमा मेलम्चीको पानी बाँकी क्षेत्रहरूमा पनि विस्तार गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार परिसरमा जलेका सवारी अन्यत्र व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन
-
रेकर्ड मूल्यपछि सुनमा १ हजार रुपैयाँ र चाँदीमा ४५ रुपैयाँ घट्यो
-
ऊर्जामन्त्री घिसिङ जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर दिए श्रद्धाञ्जली
-
अपर राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
-
आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना
-
नेपालमा वार्षिक कुल २२५ होइन, ३३६.७५९ अर्ब घनमिटर पानी उपलब्ध