'आज कुनै पनि विशेष मौसम प्रणाली छैन'
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको जनाएको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ । मध्य तथा पूर्वी तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक-दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता पनि विभागले अनुरोध गरेको छ ।
आज दिउँसो कोशी प्रदेशमा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।
त्यसैगरी आज राति कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज मधेश प्रदेशमा भने दिउँसो र राति मुख्यतया सफा रहने सम्भावना छ ।
बागमती प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो र राति आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड