'आज कुनै पनि विशेष मौसम प्रणाली छैन'
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहेको जनाएको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ । मध्य तथा पूर्वी तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक-दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता पनि विभागले अनुरोध गरेको छ ।
आज दिउँसो कोशी प्रदेशमा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।
त्यसैगरी आज राति कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज मधेश प्रदेशमा भने दिउँसो र राति मुख्यतया सफा रहने सम्भावना छ ।
बागमती प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो र राति आंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता