शभर आज बदली, यी स्थानमा आज भारी वर्षा हुने
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र स्थानीय वायुले आंशिक असर पु–याइरहेको जनाएको छ।
महाशाखाका अनुसार बुधबार दिनभर देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी प्रदेशलगायतका पहाडी भू–भागका थोरै स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
बुधबार राति देशको पहाडी भू–भागमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने विभागले जनाएको छ। यस क्रममा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
विभागले सम्भावित भारी वर्षाका कारण पहाडी भू–भागमा सतर्कता अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा