आगामी २४ घण्टामा देशभर मौसम सामान्यतया सफा रहने
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि मौसम पूर्वानुमान जारी गर्दै आज दिनभर देशका अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिएको छ।
विभागका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने छ भने बाँकी प्रदेशहरूमा आकाश मुख्यतया खुला रहनेछ।
त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको विभागले जनाएको छ। बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम विश्लेषणमा विभागले हाल देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको स्पष्ट पारेको छ। विभागका अनुसार निकट भविष्यमा विशेष परिवर्तनको सम्भावना पनि देखिएको छैन।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा