सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज देशभर मौसम प्रायः सफा, घाम लाग्ने

जलसरोकार
मंगलबार, पुस १५, २०८२ | ०६:१८:१० बजे

काठमाडौं :  जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो मौसम पूर्वानुमानअनुसार आज (मंगलबार) देशका अधिकांश भू–भागमा मौसम प्रायः सफा रहने देखिएको छ। पश्चिम, मध्य र पूर्वी क्षेत्रका अधिकांश जिल्लामा दिनको समयमा घाम लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।

नक्साअनुसार हिमाल, पहाड र तराईका अधिकांश स्थानमा वर्षा वा हिमपातको संकेत छैन। प्रदेशगत रूपमा हेर्दा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा सुख्खा र घामिलो मौसम रहने देखिएको छ।

मौसम सफा रहे पनि बिहान र रातको समयमा चिसो बढ्ने सम्भावना रहेकोले तराई तथा उपत्यकाका केही स्थानमा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ। चिसोका कारण जनजीवन, स्वास्थ्य, कृषि तथा दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार आगामी केही दिनसम्म उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले स्थिर मौसम कायम रहने सम्भावना छ।

प्रकाशित मिति : मंगलबार, पुस १५, २०८२ | ०६:१८:१० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया