आज देशभर मौसम प्रायः सफा, घाम लाग्ने
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो मौसम पूर्वानुमानअनुसार आज (मंगलबार) देशका अधिकांश भू–भागमा मौसम प्रायः सफा रहने देखिएको छ। पश्चिम, मध्य र पूर्वी क्षेत्रका अधिकांश जिल्लामा दिनको समयमा घाम लाग्ने सम्भावना रहेको विभागले जनाएको छ।
नक्साअनुसार हिमाल, पहाड र तराईका अधिकांश स्थानमा वर्षा वा हिमपातको संकेत छैन। प्रदेशगत रूपमा हेर्दा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा सुख्खा र घामिलो मौसम रहने देखिएको छ।
मौसम सफा रहे पनि बिहान र रातको समयमा चिसो बढ्ने सम्भावना रहेकोले तराई तथा उपत्यकाका केही स्थानमा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ। चिसोका कारण जनजीवन, स्वास्थ्य, कृषि तथा दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
विभागका अनुसार आगामी केही दिनसम्म उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले स्थिर मौसम कायम रहने सम्भावना छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता