नेपालभर मनसुन समाप्त, देशभर सफा मौसम रहने
जलसरोकार
काठमाडौं : जल तथा मौसम पूर्वानुमान विभागका अनुसार यस वर्षको मनसुन नेपालभरिबाट पूर्णरूपमा समाप्त भएको छ। असोज २४ गते (अक्टोबर १०) का दिन मनसुनको बहिर्गमनसँगै अब देशभर मुख्यतया सफा मौसम रहने विभागले जनाएको छ।
विभागले शनिबार बिहान ६:०० बजे जारी गरेको २४ घण्टे मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मुख्यतया सफा मौसम रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहने अनुमान गरिएको छ।
विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन र आगामी दिनहरूमा स्थिर र खुला मौसम रहने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली