नेपालभर मनसुन समाप्त, देशभर सफा मौसम रहने
जलसरोकार
काठमाडौं : जल तथा मौसम पूर्वानुमान विभागका अनुसार यस वर्षको मनसुन नेपालभरिबाट पूर्णरूपमा समाप्त भएको छ। असोज २४ गते (अक्टोबर १०) का दिन मनसुनको बहिर्गमनसँगै अब देशभर मुख्यतया सफा मौसम रहने विभागले जनाएको छ।
विभागले शनिबार बिहान ६:०० बजे जारी गरेको २४ घण्टे मौसम पूर्वानुमान अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मुख्यतया सफा मौसम रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहने अनुमान गरिएको छ।
विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन र आगामी दिनहरूमा स्थिर र खुला मौसम रहने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा