सोमबार मनसुन कमजोर, मंगलबारदेखि काठमाडौंसहित धेरै ठाउँमा वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ । विभागका अनुसार अहिले नेपालको मौसम प्रणालीमा स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको छ।
महाशाखाका अनुसार सोमबार कोशी प्रदेशलगायतका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई तथा बाँकी भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान, बाँकी पहाडी भू–भागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
सोमबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली हुने सम्भावना छ। यस क्रममा कोशी र बागमतीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार सोमबार मनसुन खासै सक्रिय नदेखिने भएकाले धेरै ठाउँमा दिउँसो घमाइलो मौसम रहनेछ । तर मंगलबारदेखि काठमाडौंसहित धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्। उनका अनुसार यस हप्ताभर हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ भने अर्को हप्तादेखि धेरै ठाउँमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता